• ट्रेण्डिङ्ग :
अमेरिका, बेलायत र अष्ट्रेलियाले हाइपरसोनिक मिसाइल विकास गर्ने

अमेरिका, बेलायत र अष्ट्रेलियाले हाइपरसोनिक मिसाइल विकास गर्ने


  • 5.7K
    SHARES
    • चैत्र २३, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 8.8K Views

    अमेरिका, बेलायत र अष्ट्रेलियाले हाइपरसोनिक मिसाइल विकास गर्ने

    एजेन्सी, २३ चैत्र । संयुक्त राज्य अमेरिका, बेलायत र अष्ट्रेलियाले मंगलबार हाइपरसोनिक मिसाइल विकास गर्न सहकार्य गर्ने घोषणा गरेका छन् ।

    images

    त्रिपक्षीय रक्षा सहयोगको समीक्षा गरेपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोनसन र अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले हाइपरसोनिक्स र काउन्टरमा नयाँ त्रिपक्षीय सहयोग शुरु गर्न आज प्रतिबद्ध  रहेको बताएका चन् ।

    सेप्टेम्बर २०२१ मा अयुकुस भनेर चिनिने सुरक्षा गठबन्धन गठन गर्ने तीन राष्ट्रका नेताहरूले  सहयोगका नयाँ घोषणा गरिएका क्षेत्रहरूले ूसाइबर क्षमता, कृत्रिम बुद्धिमत्ता, क्वान्टम टेक्नोलोजीहरू, र अतिरिक्त समुद्रमुनि क्षमताहरूमा सहयोगलाई अझ गहिरो बनाउनका लागि हाम्रा विद्यमान प्रयासहरूलाई थप्नेछू विज्ञप्तिमा भनिएको छ।

    अयुकुस अन्तर्गत संयुक्त राज्य अमेरिका र बेलायतले अष्ट्रेलियालाई आणविक शक्तियुक्त पनडुब्बीहरू प्रदान गर्ने वाचा गरेका छन् । फ्रान्सले भने यसलाई ठूला शक्तिहरू बीच हतियार दौडको संज्ञा दिँदै  यसले थप त्रास सिर्जना गर्ने  र दक्षिणपूर्वी एसियाली क्षेत्रलाई अस्थिर बनाउँने  टिप्पणी गरेको छ। गठबन्धन स्थापना भएको केही समयपछि इन्डोनेसियाली विदेश मन्त्रालयले यसक्षेत्रमा जारी हतियार दौड र शक्ति प्रक्षेपणको बारेमा गहिरो चिन्ता रहेकोू बताएको छ ।  

    यसै बीच मलेसियाका प्रधानमन्त्री इस्माइल साबरी याकोबले आणविक शक्तिबाट चल्ने पनडुब्बी परियोजनाले ूयस क्षेत्रमा थप आक्रामक कारबाही गर्न अन्य शक्तिहरूलाई उक्साउन सक्नेू टिप्पणी गरेका छन्।


    तेस्रो आँखा