काठमाडौं, २३ चैत्र। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कुहिइसको तर अब झर्न मात्रै बाँकी रहेको टिप्पणी गरेका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलस्थित शान्ति निकेतन माविको भवनको बुधबार उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार कुहिएकाले अब फल झर्न मात्रै बाकी रहेको टिप्पणी गरेका हुन् ।
'जसरी फल कुहिने बित्तिकै झर्दैन, झर्ने समय पर्खनुपर्छ त्यस्तै, यो सरकार पनि कुहिसकेकाे छ, तर अब झर्न मात्रै बाँकि छ, हामीले केही गर्नु पर्दैन, आफै र्झछ, बरू कुहिएर फतक्क झरोस्,' उनले भने 'यो सरकार ढाल्न हामी लाग्दैनौँ, हाम्राे ध्यान सरकार ढाल्न होइन चुनावमा छ, चुनावमा लाग्छौं ।'
चुनावमा एमाले विजयी हुने र त्यसपछि शिक्षा, स्वास्थ्य सबैमा विकासको लहर चल्ने उनको भनाइ छ।
यस्तै, उनले स्थानीय तहको निर्वाचनमा संयुक्त उम्मेदवारी दिने बेलामा गठबन्धन टुट्ने आशंका व्यक्त गरे ।
