काठमाडौं, २३ चैत्र। राप्रपाका अध्यक्ष कमल थापाका भतिज अभिषेक थापाले राप्रपा केन्द्रीय सदस्यबाट राजीनामा दिएका छन् ।अभिषेकले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आजबाट साधारण सदस्यसमेत नरहने गरी राप्रपा सदस्यबाट राजीनामा दिएका जानकारी दिए । उनी गत मंसिरमा सम्पन्न महाअधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

