• ट्रेण्डिङ्ग :
गोकर्णेश्वर नगरपालिकाको मेयरमा कांग्रेसका दीपक रिसालकाे दाबी

गोकर्णेश्वर नगरपालिकाको मेयरमा कांग्रेसका दीपक रिसालकाे दाबी


  • 8.3K
    SHARES
    • चैत्र २४, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 12.7K Views

    गोकर्णेश्वर नगरपालिकाको मेयरमा कांग्रेसका दीपक रिसालकाे दाबी

    काठमाडाैं,२४ चैत्र । नेपाली कांग्रेसबाट  काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयरमा दीपक रिसालले दाबी गरेका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा हालका मेयर सन्तोष चालिसेलाई सघाएका रिसालले यस पटक मेयरमा आफू उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

    images

    उनले भने, ‘हामीबीच भएको सहमति अनुसार अघिल्लो पटक सन्तोष चालिसे जीलाई सघाएँ अब यसपटकको चुनावमा उहाँले मलाई सघाउनुपर्छ ।’ २०७४ सालमा चालिसेले कांग्रेस नेताहरुसँगको छलफलमा आफू फेरि नदोहिरिने भन्दै रिसाललाई मेयर पदका लागि छाडिदिने बताएका थिए ।

    रिसालले निर्वाचनको लागि आन्तरिक तयारी तीव्र पारेको बताए । ‘सन्तोषजी आफैंले अबको मेयरको उम्मेदवार दीपक हो भनेपछि मेरो बाटो खुल्ला भएको छ,’ रिसालले भने, ‘त्यसै अनुसार मैले मेयर पदमा चुनाव लड्ने तयारी गरिरहेको छु ।’  काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९ जोरपाटी निवासी रिसाल नेपाली कांग्रेसको काठमाडौं क्षेत्र नम्बर ३ को क्षेत्रीय सचिव हुन ।


    तेस्रो आँखा
    लेखकबाट थप