काठमाडाैं,२४ चैत्र । नेपाली कांग्रेसले स्थानीय तहको चुनाव प्रचार प्रसारका लागि विभिन्न समिति तथा उपसमितिहरु गठन गरेको छ । स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिले विभिन्न उपसमितिहरु गठन गरेको हो । प्रचार प्रसार अन्र्तगतको उपसमितिमा ओखलढुंगाका पाँच जनाले ठाउ पाएका छन् ।
स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक डा प्रकाशशरण महतले पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराइको संयेजकत्वमा गठित नेपाली कांग्रेस केन्द्रीय युवा प्रचार नेटवर्क उपसमितिमा युवा नेता भीम गौतम र अनुप सुनुवारलाई मनोनित गरेको छ । लामो समयदेखि विद्यार्थी राजनीतिमा लागेका गौतमलाई पार्टीले स्थानीय तहको निर्वाचन प्रचारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा सहित मनोनित गरेको प्रचार-प्रसार समितिले जनाएको छ ।
विद्यार्थी र युवाहरुसँगको नेटवर्क विस्तार, समन्वयसँगै पार्टीका निति कार्यक्रमहरुलाई नागरिकस्तर सम्म पुर्याउने गरी पाएको जिम्मेवारी पुरा गर्ने गौतमले बताए । त्यस्तै सांस्कृतिक समन्वय प्रचार प्रसार उप समिति शक्ति श्रेष्ठ, बलबहादुर परियार,मोहन परियारलाई मनोनित गरेको छ ।
प्रचार प्रसार समितिका संयोजक तथा पार्टी प्रवक्ता डा प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई निर्वाचित गराउन सबै उपसमितिलाई जिम्मेवारी पूर्वक कार्य गर्न निर्देशन दिदै पार्टीका उम्मेदवारलाई जिताउन उनिहरुको महत्वपूर्ण भूमिका रहनुपर्नेे बताए ।
