• ट्रेण्डिङ्ग :
समृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिबद्ध छ - अध्यक्ष ओली

समृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिबद्ध छ - अध्यक्ष ओली


  • 7.6K
    SHARES
    • चैत्र २४, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 11.8K Views

    समृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिबद्ध छ - अध्यक्ष ओली

    ठमाडौं, २४ चैत्र । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि स्थानीय तहको निर्वाचनमा जनताले एमालेलाई नेतृत्वमा पु¥याउने बताएका छन् ।  

    images

    नेकपा एमाले, बाँकेले नेपालगञ्जमा आज आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रममा उनले समृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिबद्ध रहेको बताएका हुन् ।  

    अध्यक्ष ओलीले अहिले मुलुकको अर्थतन्त्र संकटमा परेको उल्लेख गर्दै लगानी गर्ने पूँजी नभएकाले लगानी भएन भने रोजगारी र उत्पादन अगाडि बढ्न नसक्ने बताए । उनले जनमैत्री कार्यक्रम गर्न सरकारसँग आग्रह पनि गरे ।  

    अध्यक्ष ओलीले हालै बाँकेको नरैनापुरमा भएको आगलागीमा परेका १६ घरपरिवारलाई जस्तापाता र रु एक/एक लाख दिने घोषणा पनि गरे । 


    तेस्रो आँखा