काठमाडाैं,२४ चैत्र । स्थानीय तहको चुनावी तयारी स्वरुप नेपाली कांग्रेसले केन्द्रीय स्तरमा प्रचार प्रसार, चुनाव तयारी तथा अनुगमन, केन्द्रीय चुनाव परिचाल लगायत समिति गठन गरेर अघि बढेको छ । यी समितिहरुले आवश्यक्ता अनुसार विभिन्न उपसमितिहरु समेत गठन गरिरहेको छ । स्थानीय तहको चुनाव प्रचार प्रसार लाई अझ व्यवस्थित र आक्रमक बनाउन समितिले विभिन्न उपसमितिहरु बनाएको हो ।
स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक डा प्रकाशशरण महतले पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराइको संयेजकत्वमा गठित नेपाली कांग्रेस केन्द्रीय युवा प्रचार नेटवर्क उपसमितिमा युवाहरुलाई प्राथमिकता दिएका छन् । पार्टी संगठनमा लागेका युवहरुलाई समितिमा ल्याउने क्रममा सिन्धुपाल्चाेकका युवा राकेश श्रेष्ठ लाई पनि जिम्मेवारी दिइएको छ । नेविसंघको राजनीतिमा सक्रीय युवा राकेश पेशाले इन्जिनियर तथा व्यवसायि समेत हुन् ।
सिन्धुपाल्चाेकमा कांग्रेसमा राम्रो छाप बनाएका श्रेष्ठले स्थानीय तह निर्वाचन युवा प्रचार नेटवर्क उपसमितिमा मनोनित भएपछि पार्टी प्रतिको जिम्मेवारी बढेको बताए । आगामी निर्वाचनमा युवा परिचालन तथा पार्टीका गतिविधि प्रचारलाई प्राथमिकतामा राखेर काम गर्ने उनको भनाइ छ । विद्यार्थी तथा तरुणहरुलाई स्थानीय तहमा जिम्मेवारी सहितको काम दिएर पठाउने निति अनुसार उनी लगायतका युवाहरुलाई समितिमा मनोनित गरिएको हो । उक्त समितिप्रति पार्टीले निर्वाचन प्रचारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा राखेको छ ।
विद्यार्थी र युवाहरुसँगको नेटवर्क विस्तार, समन्वयसँगै पार्टीका निति कार्यक्रमहरुलाई नागरिकस्तर सम्म पुर्याउने गरी पाएको जिम्मेवारी पुरा गर्ने र टिकट पाएका कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने श्रेष्ठले बताएका छन् । प्रचार प्रसार समितिका संयोजक तथा पार्टी प्रवक्ता डा प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई निर्वाचित गराउन सबै उपसमितिलाई जिम्मेवारी पूर्वक कार्य गर्न निर्देशन दिदै पार्टीका उम्मेदवारलाई जिताउन उनिहरुको महत्वपूर्ण भूमिका रहनुपर्ने बताए । स्थानीय निर्वाचनमा युवाहरुलाई जिम्मेवारी सहित खटाउने पार्टीको निर्णयले युवापुस्ताको आकर्षणमा वृद्धि हुने श्रेष्ठको भनाइ छ ।
