• ट्रेण्डिङ्ग :
तीन तहमा मतदानस्थल वर्गीकरण

तीन तहमा मतदानस्थल वर्गीकरण


  • 7.6K
    SHARES
    • चैत्र २५, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    तीन तहमा मतदानस्थल वर्गीकरण

    काठमाडौं, २५ चैत्र । चितवन जिल्लामा रहेका १६१ मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको छ । जिल्ला सुरक्षा समितिले निर्वाचनस्थलको निरीक्षण अनुगमनपछि स्थलहरुलाई वर्गीकरण गरेको हो ।

    images

    प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार पहिला भएका निर्वाचनमा देखिएका गतिविधि र अब हुनसक्ने गतिविधिलाई आधार बनाई वर्गीकरण गरिएको बताए । समितिको बैठकले ३१ स्थललाई अतिसंवेदनशील, ८२ स्थललाई संवेदनशील र ४८ स्थललाई सामान्यरूपमा लिइएको छ । प्रमुख जिल्ला अधिकारी तमाङका अनुसार निर्वाचनस्थलको निरीक्षणपछि सो सङ्ख्यामा वर्गीकरण गरिएको हो । अघिल्ला निर्वाचनमा भएका घटनाका आधारमा स्थलको वर्गीकरण गरिएको हो ।

    जिल्लाका सात पालिकामा ४५१ मतदान केन्द्र रहेका छन् । केन्द्रमा निर्वाचनका लागि दुई हजार २५५ कर्मचारी जिल्ला निर्वाचन कार्यालयले खटाउने छ भने प्रत्येक केन्द्रमा तीन जना स्वयंसेवक कर्मचारी स्थानीयरूपमा नै नियुक्त गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । उनका अनुसार निर्वाचनका लागि कर्मचारी माग गरिएको छ । यही चैत २९ गते निर्वाचन अधिकृत नियुक्ति गर्ने तथा आगामी वैशाख ३ र ४ गते अधिकृतहरूलाई तालिम दिइने छ । वैशाख ८ गते सात पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने उनले बताए । 


    तेस्रो आँखा