• ट्रेण्डिङ्ग :
 बतास काण्ड : सरकारी कर्मचारीलाई धर्मशालाको गेटमै राेकीयाे

 बतास काण्ड : सरकारी कर्मचारीलाई धर्मशालाको गेटमै राेकीयाे


  • 8.6K
    SHARES
    • चैत्र २५, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 13.2K Views

     बतास काण्ड :    सरकारी कर्मचारीलाई धर्मशालाको गेटमै राेकीयाे

    काठमाडाैं,२५ चैत्र ।  पशुपति नाथ धर्मशालामा होटल सञ्चालन गरेको बतास समूहले सरकारी टोलीलाई गेट बन्द गरिएको छ । सरकारी टोली धर्मशाला परिसरभित्र प्रवेश गर्न खोज्दा बतास समूहका प्रतिनिधिले गेट लगाइदिएका हुन । व्यपारिक कम्पनी बतास समुहले गेटनै बन्द गरिदिएपछि  सरकारी टोली गेट बाहिर परेका छन्।

    images

    गेटभित्र प्रवेश गर्न खोज्ने र रोक्ने दुवै पक्षबिच गेटमा केहीबेर भनाभन भएको छ । बतास समूहका प्रतिनिधिले आफूहरु कानुनी उपचारमा रहेकाले सर्वोच्चको अन्तिम फैसला कुर्न आग्रह गरेका थिए । तर सरकारी प्रतिनिधिहरुले भने आफूहरुले आफ्नो प्रोपर्टी हेर्न नपाउने भन्दै गेट खोल्न आग्रह गरेका थिए ।

    सम्झौता अनुसार काम नभएको भन्दै कोषले १७ चैतमा बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटल आनन्द प्रा.ली.सँग भएको सम्झौता भंग गर्ने निर्णय गरेको थियो । तर बतास समूहले कोषको पत्र बुझ्न मानेको थिएन । त्यसपछि गत सोमबार पशुपति क्षेत्र विकास कोषले होटल आनन्द सञ्चालन गरिएको पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना निकालेको थियो ।

    सूचनामा धर्मशालामा रहेका सरसामान हटाउन भनिएको छ । तर भवन खाली गरिएको छैन । सरकारी प्रतिनिधिसहितको टोली शुक्रबार होटलमा ताला लगाउन आएको भन्दै बतास समूहले गेटमै रोकेको हो ।


    तेस्रो आँखा
    लेखकबाट थप