काठमाडौं, २५ चैत्र । सरकारले विभिन्न पदमा बढ्वा तथा नियुत्ती गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न पदमा बढ्वा तथा नियुत्ती गरेको हो ।
आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकले गरेका विभिन्न २३ वटा निर्णय सार्वजनिक गरेका छन ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेकोदेखि २० देशमा राजदूत सिफारिस भएको, हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धक नियुक्त गरिएको जानकारी दिएका छन।
श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत विराटनगर ओखलढुङ्गा इजलासका न्यायाधीश वासुदेव आचार्यलाई तोकेको पनि कार्कीले जानकारी दिए ।
यस्ता छन् मन्त्रिपरिषदकाे बैठकका निर्णयहरू
