काठमाडौं, २५ चैत्र। राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणाले राप्रपालाई मजबुद वैकल्पिक शक्तिका रुपमा उदाएको बताएका छन्। पार्टीको बागमति प्रदेश कार्यसमितिले आयोजना गरेको वृहत आम सभालाई सम्बोधन गर्दै राणाले यस्तो बताएका हुन । ‘तीन दशक पछि राप्रपाको पालो आएको छ’, उनले भने, ‘यसलाई नगुमाऊ सबै एक भएर लागौं।’
नेतृत्व परिवर्तनपछि राप्रपाको पक्षमा देशव्यापी लहर आएको उनले बताए। आम देशबासीबाट राप्रपालाई साथ सहयोग रहने छ भन्ने विश्वासका साथ अघि बढेको राप्रपाले ७५३ स्थानीय तहमा राप्रपाले उम्मेदवार बनाउने उनले बताए । कार्यक्रममा चुरेभावर पार्टी र राप्रपा नेपालबाट समेत राप्रपामा प्रवेश गरेका छन् ।
