• ट्रेण्डिङ्ग :
धार्मिक स्वतन्त्रतासहित हिन्दुराज्यको एजेण्डा स्थापित हुँदैछ –बुद्धिमान तामाङ

धार्मिक स्वतन्त्रतासहित हिन्दुराज्यको एजेण्डा स्थापित हुँदैछ –बुद्धिमान तामाङ


  • 8.4K
    SHARES
    • चैत्र २५, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 12.9K Views

    धार्मिक स्वतन्त्रतासहित हिन्दुराज्यको एजेण्डा स्थापित हुँदैछ –बुद्धिमान तामाङ

    काठमाडौं, २५ चैत्र। राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले नेपालमा पूर्ण धार्मीक स्वतन्त्रता सहितको हिन्दुराज्यको एजेण्डा स्थापित हुँदै गएको बताएका छन्।

    images

    पार्टीको बागमति प्रदेश कार्यसमितिले आयोजना गरेको वृहत आम सभालाई सम्बोधन गर्दै तामाङले यस्तो बताएका हुन्। ८१ प्रतिशत हिन्दुहरु भएको देशबाट जनतालाई दिग्भ्रमित गरेर हिन्दू राज्य समाप्त पारेको उनको भनाइ छ ।  

    कार्यक्रममा उनले भने,‘ ०६२–०६३ साल पछिको परिवर्तनबाट हामीले के पायौं र के गुमायौ ? त्यो बुझ्न जरुर छ’, नेपाली जनताले महिला हिंसा हत्या बलात्कार, कालोबजारी महंगी बाहेक जनताले केही पनि पाएनन्।’ संघीयताले देशलाई टाट पल्टाएको भन्दै तामाङले यो देशलाई माया गर्ने पूर्ण धार्मीक स्वतन्त्रता सहितको हिन्दुराज्यको एजेण्डा बोकेर हिडेको पार्टीलाई सबैले माया गर्नेबेला आएको बताए ।

    सबै धर्मलाई बराबर अधिकार दनिुपर्छ भन्ने मान्यता राखेको र धर्म सापेक्षाको एजेण्डा बोकेको पार्टी राप्रपालाई आगामी निर्वाचनमा भोट दिएर राष्ट्र निर्माणको अभियानमा लाग्न उनले अनुरोध गरे ।

    कार्यक्रममा राप्रपाका पूर्व अध्यक्ष प्रकाशचन्द्र लोहनीले शान्तिपूर्ण क्रान्तीको सुरुवात भएको बताए। राप्रपाको नेतृत्वमा सुरु भएको शान्तिपूर्ण क्रान्तिलाई सफल बनाउन देशभरबाट नागरिकहरु लागिरहेको बताए। पृथ्वी नारायण शाहले दिएको प्रेरणा र नेतृत्व लाई हेरेर राष्ट निर्माणका लागि जनताको साथ खोजेको लोहनीको भनाइ छ ।

    संविधानमा बैधिक सनातन हिन्दुराष्ट्र र आलंकारिक राजसंस्था कायम गराउन राप्रपा लागेको र त्यसमा आम नागरिकले साथ सहयोग दिनु पर्ने उनले बताए। नेपालको साधन स्रोत इमानदारीताका साथ परिचालन गर्दै देशको आर्थिक समस्या समाधान गर्दै देशमै रोजगारीका अवसरहरु सृजना गर्नका लागि राप्रपालाई साथ दिनु पर्ने उनको भनाइ छ ।


    तेस्रो आँखा