काठमाडौं, २५ चैत्र । नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् । बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहका घिमिरे ४४ सय ३३ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीले २४ सय ८२ मत प्राप्त गरेका छन् ।
घिमिरे नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्वअध्यक्ष हुन् । उनी कांग्रेसको १४ औँ महाधिवेशनको केन्द्रीय निर्वाचन समितिका संयोजक थिए ।
त्यस्तै, वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैंजु श्रेष्ठ १२३, अधिवक्ता पृथ्वीनाथ राई १४२, अधिवक्ता अनिता जधारी ७३, अधिवक्ता उत्तमबहादुर श्रेष्ठ ३७, अधिवक्ता कमलप्रसाद मलेगो २८ र अधिवक्ता उद्धवचन्द्र घिमिरेले ४५ मत प्राप्त गरेका छन् ।
बारको चैत १९ गते काठमाडौंसहित देशभर ३५ स्थानबाट मतदान भएको थियो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरू गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ जना अधिवक्ता मतदाता थिए । त्यसमध्ये सात हजार ४२९ मत खसेको थियो ।
पूर्ण नतिजा
