• ट्रेण्डिङ्ग :
देश कांग्रेस, एमाले र माओवादीको अघोषित गठबन्धनको शिकार भएको छ - लिङ्देन

देश कांग्रेस, एमाले र माओवादीको अघोषित गठबन्धनको शिकार भएको छ - लिङ्देन


  • 13.1K
    SHARES
    • चैत्र २५, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 20.2K Views

    देश कांग्रेस, एमाले र माओवादीको अघोषित गठबन्धनको शिकार भएको छ - लिङ्देन

    काठमाडौं, २५ चैत्र । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देश कांग्रेस, एमाले र माओवादीको अघोषित गठबन्धनको शिकार भएको आरोप लगाएका छन् ।  शुक्रबार काठमाडौको खुलामञ्चमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले २०४६ पछि नेपाली कांग्रेस एमाले र माओवादीको गठबन्धनको शिकार भएको आरोप लगाएका हुन् । 

    images

    उनले देश वेरोजगार उत्पादन गर्ने कारखाना भएको बताए । देश सामान्य अवस्थाबाट देखेजस्तो नभएको भन्दै  इतिहासकै कठिन ढंगबाट चलिरहेको बताए । 

    ‘ठिक ढंगले निर्णय गर्न सकेनौ भने नेपाल असफल राष्ट्रका रुपमा देखा पर्न सक्छ,’ उनले भने ‘गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता स्वीकार्दा के भनिएको थियो रु भन्दै २०४६ पछि निरन्तर रुपमा देशमा सिमित नेता र दलको मुठिमा सिमित हुँदा दुर्दशा भएको छ।’

    उनले बैंकको पैसा कहाँ गयो भन्दै ३१ बर्षसम्म सरकार चलाउदा पनि देश बनाउन नसक्ने तीन ठूला दल असफल भैसकेको दावी गरे । दल असफल हुँदा चिन्ता नुहने भन्दै देश असफल बनाएकोमा राप्रपाको चिन्ता रहेको उनले बताए । अध्यक्ष लिङ्देनले देशका उद्योग धन्दा बन्द रहेको भन्दै कुनै करदाताले कर तिर्न पनि उद्योग बेच्नुपर्ने अवस्था आएको बताए ।


    तेस्रो आँखा