काठमाडौं, २५ चैत्र । स्थानीय तहको निर्वाचन नजिरहेको बेला राप्रपा नेपालले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार नवदुर्गा पार्टी प्यालेस सुकेधारामा पत्रकार सम्मेलनको आयोजना गरेर राप्रपा नेपालले घोषणापत्र सार्वजनिक गरेको हो।
घोषणापत्रमा राप्रपा नेपालले संघीयताको वर्तमान स्वरुप र संरचनालाई परिवर्तन गर्नुपर्ने उल्लेख गरेको छ। केन्द्रमा बलियो सरकार र स्थानीय तहमा अहिलेको भन्दा अधिकारसम्पन्न सुदृढ स्थानीय सरकार उपयुक्त हुन्छ भन्ने राप्रपा नेपालको अवधारणा छ।
राष्ट्रियताको सुदृढीकरण, सनातन धर्मको संरक्षण र सम्बर्द्धन, सुशासन, समृद्धिका लागि स्थानीय अर्थतन्त्रको विकास र पुँजी निर्माण, गरिबी न्यूनीकरण गर्ने लगायतका कुराहरु घोषणापत्रमा समेटिएको छ ।
