• ट्रेण्डिङ्ग :
'अर्थतन्त्र बुझेका मान्छे (गभर्नर) लाई बलिको बोको बनाइयो' - ओली 

'अर्थतन्त्र बुझेका मान्छे (गभर्नर) लाई बलिको बोको बनाइयो' - ओली 


  • 6.8K
    SHARES
    • चैत्र २६, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    'अर्थतन्त्र बुझेका मान्छे (गभर्नर) लाई बलिको बोको बनाइयो' - ओली 

    काठमाडौं, २६ चैत । नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गेर्ने सरकारको निर्णय गलन भएको बताएका छन् । 

    images

    सरकारको निर्णयको विरोध गर्दै ओलीले भने ‘जसले अर्थतन्त्र जोगाउनका लागि केही प्रयास गर्दै थिए, राष्ट्र सेवक, एउटा अर्थशास्त्री, अर्थतन्त्र बुझेका मान्छेलाई बलिको बोको बनाइयो ।’

    शनिबार आयोजित एमालेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकारको निर्णयको विरोध गरेका छन् । उनले अर्थतन्त्र बिगार्ने मान्छे अर्कै भएको समेत बताए । 

    उनले निलम्बित गभर्नर अधिकारी अर्थतन्त्र जोगाउनका लागि प्रयासरत रहेको दाबी गरे।  ‘थुतुनाभरी रौं भएको मुसाले धान खायो, एउटै रौं नभएको भ्यागुतालाई कारबाही भयो’ उनले भने, ‘धान खाने मुसो चोट पाउने भ्यागुतो जस्तै भयो यो त ।’

     

     


    तेस्रो आँखा