• ट्रेण्डिङ्ग :
बस दुर्घटनामा परी सत्र जनाको मृत्यु

बस दुर्घटनामा परी सत्र जनाको मृत्यु


  • 5.5K
    SHARES
    • चैत्र २७, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    बस दुर्घटनामा परी सत्र जनाको मृत्यु

    एजेन्सी, २७ चैत्र । इथियोपियामा भएको सडक दुर्घटनामा परी १७ जनाको ज्यान गएको छ। त्यहाँका अधिकारीहरुले शनिबार भएको सो दुर्घटामा परेर १७ जनाको मृत्यु भएको जानकारी दिएका छन्। इथियोपियाको ओर्मिया नामक मध्य क्षेत्रमा अवस्थित राज्यमा सो दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परेर अरु केही घाइते भएका छन् ।

    images

    यात्रुबाहक बसले क्षमताभन्दा बढी यात्रु बोकेका कारणले दुर्घटनामा परेको सो राज्यको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बसले आफ्नो क्षमता भन्दा धेरै बढी संख्यामा यात्रु बोकेको थियो । त्यसमा के कति यात्रु थिए भन्ने बारेमा भने प्रहरीले केही बताएको छैन।

    प्रहरीले दुर्घटनाको अरु पनि केही कारण छ कि भनेर अनुसन्धान सुरु गरेको बताएको छ। सोही क्षेत्रमा गएको मंगलबार पनि बस र ट्याक्सी आपसमा जुधेर भएको दुर्घटनामा परी छ जनाको ज्यान गएको थियो भने अरु पाँच जना घाइते भएका थिए। उक्त ओमरिया राज्यको अदाबा जिल्लामा केही समय यतादेखि दुर्घटना बढेको भन्दै प्रहरीले अनुसन्धान थालेको यहाँका यातायात अधिकारीहरुले जानकारी दिएका छन्।


    तेस्रो आँखा
    लेखकबाट थप