• ट्रेण्डिङ्ग :
सुझावसहितको प्रतिवेदन गठबन्धनका शीर्ष नेतृत्वलाई आज बुझाउने

सुझावसहितको प्रतिवेदन गठबन्धनका शीर्ष नेतृत्वलाई आज बुझाउने


  • 4.9K
    SHARES
    • चैत्र २८, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 7.5K Views

    सुझावसहितको प्रतिवेदन गठबन्धनका शीर्ष नेतृत्वलाई आज बुझाउने

    काठमाडाैं,२८ चैत्र । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले गठन गरेको स्थानीय तह निर्वाचन परिचालन तथा अनुगमन समितिले पार्टीको शीर्ष नेतृत्व समक्ष आज प्रतिवेदन बुझाउने भएको छ  ।  कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको सो समितिले सबै दलको स्थानीय तहमा रहेको पछिल्लो अवस्थाबारे सङ्कलन गरेको विवरणका आधारमा  तयार पारेको सुझावसहितको प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाउने भएको हो ।

    images

    आइतबार पौडेलको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले देशभरका स्थानीय तहबाट आएको विवरणको आधारमा बनाएको प्रतिवेदन बुझाउन लागेको हो ।  गठबन्धनमा आवद्ध दलहरु कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा नेपाल आवद्ध दलहरु स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने निर्णयपछि उक्त प्रतिवेदन तयार पारिएको हो । 


    तेस्रो आँखा
    लेखकबाट थप