काठमाडाैं,२८ चैत्र । पाँच दलीय गठबन्धनको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको कार्यालय बालुवाटारमा भएको गठबन्धनको बैठकमा स्थानीय तहको निर्वाचनका विषयमा छलफल भएको थियो ।
सरकार सम्बद्द गठबन्धनले बैशाख ३० गते हुने निर्वाचनलाई स्वच्छ,निष्पक्ष र भयरहित वातावरणमा कसी सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना पप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
छलफलमा गठबन्धनका उम्मेदवार लाई कसरी जिताउँन सकिन्छ भन्ने विषयले समेत छलफलमा प्राथमिक्ता पाएको कार्कीले जानकारी दिए । तालमेलकाे माेडािलटीका बारेमा भाेली बस्ने बैठकले टुंगाे लगाउने उनकाे भनाइ छ ।
