काठमाडाैं, २८ चैत्र । सत्तारुढ दल नेपाली कांग्रेस सहितका पाँच दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनमा मिलेरै जाने साझा प्रतिवद्धता जनाएका छन् । आज प्रधान मन्त्रीको कार्यालय बालुवाटारमा बसेको गठबन्धनको बैठकले अपिल जारी गरेको छ ।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल (दाहाल) प्रचण्ड, नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई, र जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले अपिलमा हस्ताक्षेर गरेका छन् ।
बैठकमा स्थानीय तहको निर्वाचनका विषयमा छलफल भएको थियो । सरकार सम्बद्द गठबन्धनले बैशाख ३० गते हुने निर्वाचनलाई स्वच्छ,निष्पक्ष र भयरहित वातावरणमा कसी सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना पप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । छलफलमा गठबन्धनका उम्मेदवरा लाई कसरी जिताउान सकिन्छ भन्ने विषयले समेत छलफलमा प्राथमिक्ता पाएको कार्कीले जानकारी दिए ।

स्थानीय अवस्था र आवश्यकता अनुसार तालमेल गरेर चुनावी मैदानमा उत्रीन शीर्ष नेताहरुले कार्यकर्ताहरुलाई अपिल जारी गर्दै आग्रह गरेका छन् । लोकतान्त्री परिवर्तनलाई उल्ट्याउने प्रतिगामी दुस्प्रयास भैरहेको भन्दै लोकतन्त्र र देशलाई त्यस्ता प्रतिगामी तत्वहरुबाट जोगाउन गठबनधन बनेको अपिलमा भनीएको छ ।
लोकतन्त्रको फराकिलो बाटोमा देशलाई लैजानका लागि नेपाली समाजमा न्याय समानता कायम राख्न बनेको गठबनधनका सबै उम्मेदवारहरुलाई भोग दिएर जिताउन गठबन्धनले अपिल गरेको हो । स्थानीय तह निर्वाचनमा कसरी मिलेर जाने भन्ने विषयकाे माेडािलिट भने बनाइ नसकेकाे गठबन्धनले माेडािलटी तयार गर्न भाेली बैठक बस्ने एक नेताले बताए ।
