• ट्रेण्डिङ्ग :
अघिल्लाे निर्वाचनमा प्राप्त मतका आधारमा सिट बाँडफाँट हुन्छ - नेपाल 

अघिल्लाे निर्वाचनमा प्राप्त मतका आधारमा सिट बाँडफाँट हुन्छ - नेपाल 


  • 6.8K
    SHARES
    • चैत्र २८, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    अघिल्लाे निर्वाचनमा प्राप्त मतका आधारमा सिट बाँडफाँट हुन्छ - नेपाल 

    काठमाडौं, २८ चैत्र । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँट गरिने बताएका छन् ।  

    images

    समाजवादी प्रेस संगठनले आज कुश्मामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले नजिकिँदै गएको स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने विषयमा दुविधा नभएको जनाउँदै २०७४ सालको स्थानीय तह निर्वाचनले कुन दलको हैसियत कति छ भन्ने देखाएकाले गठबन्धनमा पनि सोहीअनुसार सहमति हुने बताएका हुन्।  

    एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको अवस्था के छ भन्नेबारे बाहिर थाहा नभए पनि आगामी निर्वाचनले त्यसको पुष्टि गर्ने उनको भनाइ छ। एमाले त्यागेर आफ्नो नेतृत्वको पार्टीमा आउने क्रम तीव्र रहेका कारण आउँदो निर्वाचनले समाजवादीको अवस्थाबारे सबैलाई प्रस्ट पार्ने अध्यक्ष नेपालको दाबी छ। अहिले गठबन्धनमा पछि उम्मेदवार कसरी टुङ्ग्याउने बारे छलफल भइरहेको उनले जानकारी दिए।   

    उनले उम्मेदवार छनोटको तरिका तय गर्न गठबन्धनमा लगातार छलफल भइरहेको बताए । स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्मै गठबन्धन कायम रहने जिकिर गरे । 

    गठबन्धन प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि साझा उम्मेदवार कायम गरिने उनको भनाइ छ। उम्मेदवारबारे छलफल भइरहेको बताउादै उनले ११ गतेको मिति तोकिएकाले वैशाख १० गते राति १२ बजेसम्म भए पनि उम्मेदवार तय गर्ने बताए। ने


    तेस्रो आँखा