एजेन्सी, २८ चैत। फ्रान्सका वर्तमान राष्ट्रपति इमानुएल म्याक्रोनले राष्ट्रपतीय निर्वाचनको पहिलो चरणमा ९५ प्रतिशतभन्दा बढी मतपत्र गणना हुँदासम्म आफ्नो अग्रता कायम राखेको आन्तरिक मन्त्रालयले प्रकाशित गरेको अन्तरिम नतिजामा उल्लेख गरिएको छ ।
म्याक्रोनसँग हाल २७.४१ प्रतिशत मत छ भने अति दक्षिणपन्थी राष्ट्रपति पदका उम्मेदवार मारिन ले पेन २४.०३ प्रतिशतका साथ दोस्रो स्थानमा छन्। त्यसैगरी २१.५७ प्रतिशतका साथ जेन–लुक मेलेनचोन तेस्रो र ६.९७ प्रतिशतका साथ चौथो स्थानमा एरिक जेम्मोर छन्। फ्रान्समा अप्रिल २४ मा राष्ट्रपतिको दोस्रो चरणको निर्वाचन हुँदैछ।
आफूलाई समर्थन गरेको भन्दै उनले समाजवादी एनी हिडाल्गो, कन्जरभेटिभ भ्यालेरी पेक्रेसे, र कम्युनिस्ट फाबियन र उसेललाई धन्यवाद दिएका छन् ।
