• ट्रेण्डिङ्ग :
 नयाँ वर्षको अवसरमा खाद्यान्न वितरण

 नयाँ वर्षको अवसरमा खाद्यान्न वितरण


  • 7.7K
    SHARES
    • चैत्र ३०, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 11.8K Views

     नयाँ वर्षको अवसरमा खाद्यान्न वितरण

    बझांग, ३० चैत्र । बझागंको सुर्मा गाउँपलिकामा नयाँ वर्षको अवसर पारी खाघान्र  वितरण गरिएको छ । बझागंको सुर्मा गाउँपालिका वडा नं ४  थकुन्नाडाका अतिबिपन्न गरिब अशाहय परिवारहरुलाई नयाँ वर्ष २०७९ साल बिषु पर्वको  अवसर पारी   सुभकामना व्यक्त गर्दै सोही ठाउँका रामचन्द्र पुजाराद्वारा  खाध्यन्न वितरण गरिएको हो ।

    images

    पुजाराले अफुलाइ  १ वर्ष भरी  खान पुग्ने बारबरको खाद्यान्न चामल, पिठो, नुन, तेल, चिनि, चाउचाउ, मसला लगायतका विभिन्न सामाग्री वितरण गरिएको पुजारका भतीज दिपेस पुजाराले बताए । पुजाराले एकल महिला, वृद्ध वृद्धा, बालबालिका तथा  आमाबुबा  नभएका बेसाहारालगायत अर्थिक आवस्था कमजोर भएका परिवारहरुलाई सहयोग गरेका हुन ।

    खाद्यान्न पाउनेमा करिश्मा बोहोरा, र्सिजना पुजारा, सन्चु बोहोरा, ढुडु बोहोरा, किस्न बीर पुजारा, बग पुजारा,   दिराज बोहोरा, कलक पुजारा लगायतका १० परिवरहरु  रहेका छन् । उनी सुर्मा माध्यामिक विद्यालयका पुर्व प्रधानाध्यापकसमेत हुन् भने उनलाइ   प्रयाजसो आरसी पुजारा भनेर चिन्ने गरिन्छ ।

    पुजाराले २४ गते  पनी नमुना बाल विकास प्रावि पिपल डाँडा का १४० विद्यार्थीहरुलाई १२ हजार बारबरको कापी कलम र पेन्सिल वितरण गरेका थिए । पुजारा विगत लामो समयदेखी काठमाडौंमा बस्दै आएका छन् भने नयाँ वर्षको अवसर पारी  आफ्नो जन्मथलो बझागं पुगेका हुन् । 


    तेस्रो आँखा