• ट्रेण्डिङ्ग :
नयाँ वर्षले समृद्ध नेपाल निर्माणमा एकाकार भएर लाग्न प्रेरणा प्रदान गर्ने उपराष्ट्रपतिको विश्वास

नयाँ वर्षले समृद्ध नेपाल निर्माणमा एकाकार भएर लाग्न प्रेरणा प्रदान गर्ने उपराष्ट्रपतिको विश्वास


  • 5.5K
    SHARES
    • बैशाख १, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 8.4K Views

    नयाँ वर्षले समृद्ध नेपाल निर्माणमा एकाकार भएर लाग्न प्रेरणा प्रदान गर्ने उपराष्ट्रपतिको विश्वास

    काठमाडौं, १ वैशाख । उपराष्ट्रपति नन्दबहादुर पुनले नववर्ष २०७९ ले समृद्ध नेपाल निर्माणमा एकाकार भएर लाग्न सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । नववर्षको सुरुआतका अवसरमा आज शुभकामना सन्देश प्रवाह गर्दै उनले संविधानको पूर्ण पालना, राजनीतिक स्थायित्व कायम तथा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न नयाँ वर्षले उत्प्रेरित गर्ने बताए । 
     
    विक्रम् संवत् २०७९ लाई निर्वाचन वर्षकारुपमा स्वागत गरिएको उल्लेख गर्दै उनले स्थानीय सरकार गठनका लागि वैशाख ३० गते हुने निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन सम्पूर्ण नेपालीलाई अपिल गरे । राष्ट्रको प्राथमिकता संविधानको पूर्ण कार्यान्वयन, राजनीतिक स्थायित्व, स्थायी शान्ति, दिगो विकास तथा प्रत्येक नेपाली जनताको आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माण गर्नु रहेको बताउँदै उपराष्ट्रपति पुनले त्यस ध्यान केन्द्रित गर्न आग्रह गरे । 
     
    उनले देशविदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, सु–स्वास्थ्य, उत्तरोत्तर प्रगति एवं राष्ट्रको निरन्तर समुन्नति र समृद्धिको कामनासमेत गरेका छन् । 

    images


    तेस्रो आँखा