• ट्रेण्डिङ्ग :
काठमाडौंमा सार्वजनिक गाडीमा आजदेखि नयाँ भाडादर लागू 

काठमाडौंमा सार्वजनिक गाडीमा आजदेखि नयाँ भाडादर लागू 


  • 5.7K
    SHARES
    • बैशाख १, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 8.8K Views

    काठमाडौंमा सार्वजनिक गाडीमा आजदेखि नयाँ भाडादर लागू 

    काठमाडौं, १ वैशाख। बागमती प्रदेश सरकारले समायोजन गरेको नयाँ भाडादर आजदेखि लागू भएको छ ।  यातायात व्यवसायी राष्ट्रिय महासंघकाअनुसार समायोजन भएको  भाडादर आजदेखि लागू गरिएको हो । 

    images

    श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आजदेखि लागू हुने गरी गत चैत २४ गते नै भाडा वृद्धि गरेको थियो ।समायोजनपछि सार्वजनिक सवारी साधनको भाडादर पाँचदेखि २० किलोमिटरसम्मको २ देखि ३ रुपैयाँसम्म बढेको छ ।

    नयाँ भाडादर अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तिर्नुपर्ने छ ।

    यस्तै, ट्याक्सीको प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाइएको छ । प्रतीक्षा शुल्क प्रतिमिनेट १।२० रुपैया तोकिएको छ । बढीमा ३० मिनेटसम्म मात्रै प्रतीक्षा गर्न पाइने छ ।


    तेस्रो आँखा