काठमाडौं, २ वैशाख । पोखरा अन्तरर्राष्ट्रिय विमानस्थल समयमै सञ्चालनमा ल्याउन डम्पिङ साईट स्थानान्तरण र व्यवस्थापन गर्नुपर्ने बुद्ध एयरले जनाएको छ । आज एक प्रेस विज्ञप्ती प्रकाशन गर्दै सम्बन्धीत सरोकारवा निकायको ध्यानाकर्षण गराएको हो।
इपिसी मोडुलमा निर्माण गरिएको उक्त विमानस्थल समयअवधिमा निर्माण सम्पन्न गर्दा समेत नजिकै रहेको फोहोरको डंगुरले हवाइ सञ्चालनमा अवरोध भएको बुद्ध एयरको भनाइ छ ।
‘पोखरा विमानस्थलको लगभग सबै कार्य सकिएको छ’, ‘अब ५ प्रतिशत मात्रै पुरा हुन बाँकी छ ।’ त्यो पनि महिनादिनभित्र सकिने र विमानस्थल निर्माण कार्य १० जुलाई २०२२ भित्र पुरा गरिसक्नुपर्ने सम्झौता रहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तत्कालै सञ्चालनमा आउने कुनै छाँटकाँट नदेखिएको भन्दै आगामी स्थानीय तहको निर्वाचनबाट चुनिएर आउने मेयरलाई डम्पिङ साईट स्थानान्तरण तथा व्यवस्थापन गर्न माग गरिएको बुद्ध एयर कम्पनीले जनाएको छ ।

‘फोहोरमैलासँगै मिसिएर आएका सडेगलेका खाना र सिनोका कारण ठूलठूला चरादेखि स–साना चराहरु विचरण गर्नु हो । कतिपय समयमा चराहरु नवनिर्मित विमानस्थलको रनवेमा पनि देखिन्छ । चराहरुका कारण तत्कालै उडान भर्न सकिदैन ।’ विमानस्थल निर्माणसँगै पोखरा महानगरपालिकाले डम्पिङ साईटको उचित स्थानान्तरण र व्यवस्थापन गर्नुपर्ने कम्पनीले वज्ञिप्ति मार्फत भनेको छ ।
नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलले सम्पूर्ण गण्डकी प्रदेशको आर्थिक गतिविधिमा ठूलो भूमिका खेल्ने सबैले निक्र्यौल गरेका छन् । साथै यो विमानस्थल सञ्चालनमा आएसँगै विदेशी मुद्रा भित्र्याउन आवश्यक अनुसार रात्रिकालिन उडान पनि भर्न मिल्छ । पोखरा महानगरपालिकाका प्रतिनिधिहरुले यसला विषयलाई प्रमुख मुद्दा बनाई डम्पिङ साईट तत्कालै स्थानान्तरणमा मुख्य भुमिका खेल्ने कुरामा एयर कम्पनीले विश्वास व्यक्त गरेको छ ।
