• ट्रेण्डिङ्ग :
भारतमा कोभिड–१९ संक्रमितको संख्या ४ करोड ३० लाख ३९ हजार नाघ्यो

भारतमा कोभिड–१९ संक्रमितको संख्या ४ करोड ३० लाख ३९ हजार नाघ्यो


  • 6.9K
    SHARES
    • बैशाख २, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    भारतमा कोभिड–१९ संक्रमितको संख्या ४ करोड ३० लाख ३९ हजार नाघ्यो

    एजेन्सी, २ वैशाख । भारतमा कोभिड–१९ संक्रमितको संख्या शुक्रबार बढेर ४ करोड ३० लाख ३९ हजार भन्दा बढी पुगेको छ  । पछिल्लो २४ घण्टामा देशभर ९४९ थप व्यक्तिमा कोरोना संक्रमण भएपछि  कुल संक्रमतिको संख्या ४ करोड ३० लाख ३९ हजार ९७२ पुगेको  स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकले देखाएको छ ।

    images

    यसका साथै बिहीबार बिहानसम्म महामारीका कारण थप ६ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ५ लाख २१ हजार ७४३ पुगेको छ । अझै पनि यहाँ ११ हजार १९१ कोरोनाका सक्रिय संक्रमित रहेको समाचारमा जनाइएको छ । पछिल्लो २४ घण्टामा १३३ सक्रिय संक्रमित बढेको पाइएको छ  । ७८ दिनपछि देशमा सक्रिय संख्या बढेको हिजो दोस्रो दिन भएको समाचारमा जनाइएको छ।  

    हालसम्म ४ करोड २५ लाख ७ हजार ३८ जना सफलतापूर्वक निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमध्ये पछिल्लो २४ घण्टामा ८१० जना डिस्चार्ज भएका समाचारमा जनाइएको छ ।


    तेस्रो आँखा