• ट्रेण्डिङ्ग :
कारागारबाट सुरुङ खनेर फरार प्रतिवादी पक्राउ

कारागारबाट सुरुङ खनेर फरार प्रतिवादी पक्राउ


  • 7.1K
    SHARES
    • बैशाख २, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.0K Views

    कारागारबाट सुरुङ खनेर फरार प्रतिवादी पक्राउ

    काठमाडौं, २ वैशाख । प्रहरीले २१ वर्षअघि सुर्खेत जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका प्रतिवादीलाई पक्राउ गरेको छ । 

    images

    सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सुर्खेतको बराहताल गाउँपालिका–८ का ४७ वर्षीय भक्तबहादुर शाहीलाई प्रहरीले आज पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयले फरार प्रतिवादी शाहीलाई अदालत उपस्थित गराइसकेको जनाएको छ ।  

    प्रहरीका अनुसार विसं २०५२ चैत २ गते जिल्ला अदालतको फैसला बमोजिम जन्मकैद सजायमा कारागारमा रहेका शाही २०५८ माघ २ गते सुरुङ खनेर फरार भएका थिए । विशेष सुराकीका आधारमा प्रदेश प्रहरी ब्युरो  र प्रहरी चौकी बड्डीचौरबाट खटिएको प्रहरी टोलीले बराहताल गाउँपालिकास्थित भट्टेघारीबाट शाहीलाई पक्राउ गर्न सफल भएको हो ।


    तेस्रो आँखा