• ट्रेण्डिङ्ग :
श्रीलंकामा लोडसेडिङ्ग अझै बढ्ने

श्रीलंकामा लोडसेडिङ्ग अझै बढ्ने


  • 5.2K
    SHARES
    • बैशाख ३, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 8.0K Views

    श्रीलंकामा लोडसेडिङ्ग अझै बढ्ने

    एजेन्सी, ३ वैशाख । आर्थिक तथा राजनीतिक संकटमा परेको  श्रीलंकामा विद्युत कटौतीको समय अझै बढ्ने भएको छ । सरकारी अधिकारीहरुले विद्युत कटौतीसम्बन्धी नयाँ तालिका सार्वजनिक गर्दै शनिबारदेखि विद्युत कटौतीको समय बढेको जानकारी दिएका हुन् ।

    images

    अबदेखि हरेक दिन बिहान ९ देखि बेलुका ६ बजेसम्म विजुली कटौती हुनेभएको छ । रातिको समयमा भने विजुली कटौती नगर्ने तालिका बनाइएको छ । यसअघिको तालिकाभन्दा दुई घण्टा बढी विजुली कटौती हुने भएको सरकारी अधिकारीहरूले शुक्रबार जनाएका छन् । 

    श्रीलंकामा आर्थिक संकट उत्पन्न भएपछि विभिन्न बस्तु तथा सेवाको अभाव भएको छ भने मूल्य वृद्धि पनि अत्यधिक भएको छ । वस्तु तथा सेवाको अभाव र मूल्य वृद्धि भएपछि आम नागरिकले आन्दोलन गरेपछि राजनीतिक संकट पनि उत्पन्न भएको छ । 

    अभाव, मूल्य बृद्धि र आन्दोलन चर्किरहेका बेला तत्कालिन सबै मन्त्रीहरुले राजीनामा दिएपछि अहिले नयाँ मन्त्रीहरु नियुक्त गरेर सरकार सञ्चालन गरिएको छ । आर्थिक संकटका कारण कतिपय अत्यावश्यक काम समेत रोकिएको अधिकारीहरुले जनाएका छन्। स्वास्थ्य मन्त्रालयले कतिपय औषधीहरुको समेत अभाव भएको जनाएको छ । 


    तेस्रो आँखा