• ट्रेण्डिङ्ग :
यक्रेनको राजधानी किभमा ९०० सर्वसाधारणको शव फेला 

यक्रेनको राजधानी किभमा ९०० सर्वसाधारणको शव फेला 


  • 7.9K
    SHARES
    • बैशाख ३, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 12.1K Views

    यक्रेनको राजधानी किभमा ९०० सर्वसाधारणको शव फेला 

    एजेन्सी, ३ वैशाख । यक्रेनको राजधानी सहर किभ वरपर ९०० सर्वसाधारणको शव फेला परेका छन् । रुसी सेना किभबाट फर्किएको एक सातापछि किभ क्षेत्रका प्रहरी प्रमुखले सो संख्यामा सर्वसाधारणको शव फेला परेको दाबी गरेका हुन् ।

    images

    किभ क्षेत्रका प्रहरी प्रमुखका अनुसार हालसम्म सर्वसाधारणका शव फेला पारिएको र ती शवलाई फोरेन्सिक विज्ञलाई हस्तान्तरण गरिएको छ । किभ क्षेत्रका प्रहरी प्रमुख एन्ड्री नेबितोभले भनेका छन्, ‘बुचाबाट मात्रै ३५० भन्दा बढी शव संकलन गरिएको छ ।’ हत्या गरिएका सबै सर्वसाधारण रहेको नेबितोभले बताएका छन् ।

    सर्वसाधारणका शव सडकमा अलपत्र, आधा जलाइएको अवस्था तथा सामूहिक रुपमा गाडिएको अवस्थामा फेला परेका हुन्। 

    बुचामा रुसी सैनिकले युद्ध अपराध गरेको आरोप युक्रेनले लगाएको छ। अन्तर्राष्ट्रिय समुदायले पनि बुचामा युद्ध अपराध भएको बताएका छन्। तर रुसले भने आरोप अस्वीकार गरेको छ।

    रूसले युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण केन्द्रित गर्ने बताउँदै आएकाे छ । 


    तेस्रो आँखा