• ट्रेण्डिङ्ग :
दक्षिण कोरियामा ९३ हजार कोरानाका नयाँ संक्रमित 

दक्षिण कोरियामा ९३ हजार कोरानाका नयाँ संक्रमित 


  • 6.7K
    SHARES
    • बैशाख ४, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 10.3K Views

    दक्षिण कोरियामा ९३ हजार कोरानाका नयाँ संक्रमित 

    एजेन्सी, ४ वैशाख । दक्षिण कोरियामा २४ घण्टाको समयाअवधी अर्थात शनिबार मध्यरातसम्म ९३ हजार नयाँ कोभिड–१९ संक्रमित भेटिएका छन् । यसैसँगै कूल संक्रमितको संख्या १ करोड ६३ लाख ५ हजार ७५२ पुगेको स्वास्थ्य अधिकारीहरूले आइतबार जनाएका छन् । 

    images

    दक्षिण कोरियामा अघिल्लो दिन एक लाख ७ हजार ९१६ जनामा कोरोना सङ्क्रमण भएको रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसिए) ले जानकारी  दिएको थियो । यहाँ एक हप्ताअघि एकै दिनमा एक लाख ६४ हजार ४५६ जनामा कोरोना संक्रमण भएको थियो । यहाँ कोरोना संक्रमण घट्ने क्रममा रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।   

    गत २४ घण्टामा अर्थात शनिबार मध्यरातिसम्म कोरोना संक्रमणको कारण २०३ जनाको मृत्यु पुष्टि भएपछि कूल मृतकको संख्या २१ हजार ९२ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । यहाँ खोपको दुई डोज प्राप्त गर्ने व्यक्तिहरूको संख्या चार करोड ४५ लाख २६ हजार ४७१ पुगेको जनाइएको छ । यो संख्या दक्षिण कोरियाको  कूल जनसंख्याको ८६।८ प्रतिशत भएको जनाइएको छ । 


    तेस्रो आँखा