काठमाडौं, ५ बैशाख । स्वीडेनमा अति दक्षिणपन्थी र आप्रवासी विरोधी समूहहरूले मुस्लिमहरूको धर्मग्रन्थ कुरान जलाएपछि चौथो दिन पनि धेरै शहरहरूमा झडप भएको छ।
स्थानीय सञ्चारमाध्यमले पूर्वी सहर नोर्शापिङमा आइतबार दंगा भड्किएको जानकारी दिएका छन्, जसमा तीन जना घाइते भएका छन् । प्रहरीले दंगा गर्नेहरूलाई चेतावनी दिँदै गोली चलाएको छ।
कैयौं सवारी साधनमा आगजनी गरिएको छ भने कम्तीमा १७ जनालाई पक्राउ गरिएको छ ।
कट्टरपन्थी आन्दोलनका प्रमुख डेनिस–स्वीडिश रासमुस पालुदानले आफूले इस्लामको सबैभन्दा पवित्र धर्मग्रन्थ जलाएको र आफ्नो काम दोहो¥याउने बताएका छन्।
बिहीबार, शुक्रबार र शनिबार झडप भएको थियो, जसमा कम्तीमा १६ प्रहरी अधिकारी घाइते भएका थिए र धेरै प्रहरी गाडीमा क्षति पुगेको थियो। यी घटनाहरू स्टकहोमको उपनगरहरूमा र लिनसेपिङ र नोरसेपिङ जस्ता शहरहरूमा भएका छन्।
आइतवार पालुदानले नोरेसेपिङमा अर्को ¥याली गर्ने चेतावनी दिएको ड्युचे वेलेले रिपोर्ट गरेपछि त्यसको विरोधमा मानिसहरू पनि भेला भए। स्थानीय प्रहरीले आक्रमणको संकेत आएपछि चेतावनीस्वरूप गोली चलाएको र यस क्रममा तीन जना घाइते भएको बताएको छ ।
