एजेन्सी, ५ वैशाख । चीनको सांघाईमा कोभिडका कारण तीन जनाको मृत्यु भएको छ । मार्चको अन्त्यमा लकडाउनमा प्रवेश गरेपछि पहिलो पटक तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुने तीनै जना ८९ देखि ९१ वर्ष वर्ष उमेर समूहका रहेका सहरको स्वास्थ्य आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्राप्त विवरणअनुसार उनीहरूमा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या रहेको र खोप नलगाएको पाइएको
छ।
त्यसअघि चीनले सांघाइमा कोभिडबाट कसैको मृत्यु नभएको दावी गरेको थियो । चीनको दाबीलाई लिएर सर्वत्र प्रश्न उठेको थियो।अधिकारीहरूका अनुसार सोमबार एकै दिन २२ हजार २४८ नयाँ संक्रमित फेला परेका थिए । बचाउने अथक प्रयासबीच तीनै जनाको अस्पतालमा मृत्यु भएको सांघाइको स्वास्थ्य आयोगले एक विज्ञप्तिमा भनेको छ ।
कोभिड महामारी फैलिएपछि सांघाइ तीन सातादेखि लकडाउनमा छ । लकडाउनका कारण सर्वसाधारण नागरिक सरकारसँग क्रुद्ध छन् ।
