• ट्रेण्डिङ्ग :
अफगानिस्तानले तीन करोड बीस  लाख डलर बराबरको मानवीय सहयाता प्राप्त गर्यो

अफगानिस्तानले तीन करोड बीस  लाख डलर बराबरको मानवीय सहयाता प्राप्त गर्यो


  • 6.9K
    SHARES
    • बैशाख ५, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    अफगानिस्तानले तीन करोड बीस  लाख डलर बराबरको मानवीय सहयाता प्राप्त गर्यो

    काठमाडौं, ५ वैशाख । अफगानिस्ताले आइतबार तीन करोड २० लाख  अमेरिकी डलर बराबरको मानवीय सहायता प्राप्त गरेको बताएको छ । अफगानिस्तानका लागि विभिन्न अन्तर्राष्ट्रिय दाताहरुले सहयोग उपलब्ध गराइरहेका छन् । सोही बमोजिम आइतबार उक्त सहायता प्राप्त गरेको बताइएको हो ।

    images

    अफगानिस्ताको केन्द्रीय बैंक, द अफगानिस्तान बैंकले आइतबार ट्वीट गरेर यस विषयमा जानकारी दिएको थियो ।गत वर्षको अगष्टमा अफगानिस्तानको शासन व्यवस्था तालिबानले कब्जा गरेका थिए । यहाँको तालिबान सरकारलाई दाताहरुले औपचारिक रुपमा वैदेशिक सहायता उपलब्ध गराएका छैनन् ।

    जसका कारण आर्थिक समस्यामा परेको अफगानिस्तानका लागि विभिन्न विदेशी समुदायले मानवीय सहायता स्वरुप आर्थिक सहयोग तथा लत्ता कपडा एवं खाद्यान्न उपलब्ध गराउँदै आएका छन् ।आइतबार यहाँको सरकारले आर्थिक सहायता प्राप्त गरेको पनि सो बैंकले जानकारी दिएको छ ।


    तेस्रो आँखा