• ट्रेण्डिङ्ग :
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने 

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने 


  • 10.1K
    SHARES
    • बैशाख ७, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 15.6K Views

    राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने 

    काठमाडौं, ७ वैशाख । वैशाख १९ गते चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०२२ मनाइने भएको छ । दिवसको मूल समारोह समितिअन्तर्गतको प्रचारप्रसार उपसमितिको मंगलबार बसेको बैठकले दिवसका नारा तयारीलगायत प्रचारप्रसारका लागि आवश्यक गृहकार्य गरेको छ । 

    images

    सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालको संयोजकत्वमा रहेको सो समितिको आज सञ्चारग्राममा सम्पन्न बैठकले सबै संघीय मन्त्रालय र सम्बन्धित निकायका वेबसाइटमा दिवसको नारा र प्रतीक चिह्न समावेश गरी सन्देश प्रवाह गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत आग्रह गर्ने, सबै प्रकारका आमसञ्चार माध्यमलाई दिवसकेन्द्रित समाचार, आलेख, विशेष संवाद, परिसंवाद, वृत्तचित्र आदि कार्यक्रम प्रकाशन र प्रसारण गराउन आग्रह गर्ने निर्णय गरेको छ ।

    उपसमितिले सबै प्रदेश र स्थानीय तहका सरकारलाई पनि दिवस मनाउन नेपाल सरकारमार्फत पत्राचार गराउन पनि निर्णय गरेको छ ।बैठकमा राष्ट्रिय समाचार समिति (रासस), नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र संस्थान, नेपाल दूरसञ्चार प्राधिकरणलगायत निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।


    तेस्रो आँखा