• ट्रेण्डिङ्ग :
श्रीलङ्कामा कफ्रयु आदेश जारी

श्रीलङ्कामा कफ्रयु आदेश जारी


  • 7.5K
    SHARES
    • बैशाख ७, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 11.5K Views

    श्रीलङ्कामा कफ्रयु आदेश जारी

    एजेन्सी, ७ वैशाख । श्रीलङ्काको मध्य भागमा पर्ने रामबुक्कानामा बुधबार कफ्रयु लगाइएको छ । सरकार विरोधी आन्दोलनका क्रममा मङ्गलबार एक व्यक्तिको मृत्यु भएपछि त्यसको भोलिपल्ट कफ्र्यु लगाइएको हो ।आन्दोलन थप चर्किने देखिएकाले सरकारले शान्ति सुरक्षा कायम गर्न भन्दै कफ्रयु लागाउनु परेको जनाएको छ ।घटनाका बारेमा निश्पक्ष छानविन गरी सत्य तथ्य पत्ता लगाइ दोषीलाई कारबाही गरिने सरकारी अधिकारीहरुले प्रतिवद्धता जनाएका छन् ।

    images

    आर्थिक संकटका कारण मुलुकमा अभाव र मूल्य बृद्धि भएकाले त्यसलाई न्युनिकरण गर्न माग गर्दै आम नागरिकले आन्दोलन गर्दै आएका छन् ।आन्दोलनकारीहरुले समस्या समाधानका लागि राष्ट्रपति गोटावाय राजापाक्षले पदबाट राजीनामा दिनुपर्ने माग राखेका छन् ।

    मुलुकमा आर्थिक सङ्कट उत्पन्न हुनु, महङ्गी बढ्नु र बस्तु तथा सेवाहरुको अभाव हुनुमा राष्ट्रपति नै दोषी रहेको उनीहरुको दाबी छ । आर्थिक अभावका कारण कतिपय अत्यवश्यक सेवा तथा बस्तु समेत अभाव हुन थालेको स्थानीय बासिन्दाले बताएका छन् । 

    सरकारी अधिकारीहरुले नै कतिपय औषधी, अत्यावश्यक अन्य विभिन्न सामानहरुको अभाव भएको जनाएका छन् छ भने दैनिक लामो समय विद्युत कटौती समेत भएको छ । आर्थिक संकटका कारण आन्दोलन सुरु भएपछि राजनीतिक संकट समेत उत्पन्न भएको छ । राजधानी काठमाडौदेखि ९५ किलोमिटर टाढा पर्ने रामबुक्कानामा भएको आन्दोलनकारी र सरकारी सुरक्षाकर्मीहरुको झडपका क्रममा २९ जना घाइते भएका छन् । 


    तेस्रो आँखा