• ट्रेण्डिङ्ग :
आगामी तीन दिनकाे माैसम कस्ताे रहला ?

आगामी तीन दिनकाे माैसम कस्ताे रहला ?


  • 5.9K
    SHARES
    • बैशाख ८, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    आगामी तीन दिनकाे माैसम कस्ताे रहला ?

    काठमाडौं, ८ बैशाख । हाल नेपालमा उत्तर प्रदेश, विहार र पश्चिम बंगालमा बनेको न्यून चापीय रेखाको प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया सफा रहेको छ।

    images

    देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। 

    त्यस्तै शुक्रबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। गण्डकी प्रदेश, बाग्मती तथा प्रदेश १ का केही स्थान र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। शनिबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को एकदुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिकहल्का वर्षाको सम्भावना रहेको छ।


    तेस्रो आँखा