• ट्रेण्डिङ्ग :
माओवादी केन्द्रबाट राप्रपा प्रवेश गरेका बैश्यलाई मेयरको टिकट

माओवादी केन्द्रबाट राप्रपा प्रवेश गरेका बैश्यलाई मेयरको टिकट


  • 6.9K
    SHARES
    • बैशाख ८, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    माओवादी केन्द्रबाट राप्रपा प्रवेश गरेका  बैश्यलाई मेयरको   टिकट

    काठमाडौं, ८ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले नन्दलाल बैश्यलाई नेपालगञ्जको मेयरमा उठाउने भएको छ । यसअघि नेकपा माओवादी केन्द्रमा रहेका बैश्य पार्टीबाट टिकट नपाउने भएपछि राप्रपा प्रवेश गरेका छन् ।

    images
    सत्ता गठबन्धनको भागबण्डामा नेपालगञ्जको मेयर नेपाली कांग्रेसलाई परेपछि नेपालगञ्ज उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्षसमेत रहेका बैश्य राप्रपामा प्रवेश गरेका हुन । यसअघि उनले माओवादीबाट मेयर उठ्ने तयारी गरिरहेका थिए । बैश्यलाई राप्रपाका उपाध्यक्ष डा.धवलशम्सेर राणोलगायतले बिहीबार स्वागत गर्दे राप्रपा प्रवेश गराएका हुन । वर्तमान मेयर राणाले मेयरमा चुनाव नलड्ने घोषणा गरिसकेका छन् ।

    राप्रपा बाँकेका अध्यक्ष तथा मेयरका आकांक्षी नरेन्द्र पौडेलले बैश्यलाई मेयरको टिकट दिने सहमति अनुसार नै राप्रपा प्रवेश गराएको बताए । बैश्यको राप्रपा प्रवेशसँगै चुनावी चहलपहल बढेको अध्यक्ष पौडेलले बताए । ‘हामीले बैश्यलाई प्रवेश गरायौं’, अध्यक्ष पौडेलले भने, ‘एक खालको सहमति नै भएको छ । जुन सहमति अनुसार उहाँ राप्रपाबाट नेपालगञ्जको मेयरमा चुनाव लडुनुहुन्छ ।’ नेपालगञ्जमा बैश्य समुदायको उल्लेख्य उपस्थिति रहेकाले उनीहरुको भोट तान्न राप्रपाले बैश्यलाई उम्मेदवार बनाउन लागेको हो ।

  • सम्बन्धित विषय:

  • # देवदह

  • तेस्रो आँखा
    लेखकबाट थप