• ट्रेण्डिङ्ग :
आईपीएल : मुम्बईमाथि चेन्नईको जित

आईपीएल : मुम्बईमाथि चेन्नईको जित


  • 8.4K
    SHARES
    • बैशाख ९, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 12.9K Views

    आईपीएल : मुम्बईमाथि चेन्नईको जित

    काठमाडौं, ९ वैशाख । इन्डियन  प्रिमियर लिग ९आईपीएल० टी-२० क्रिकेट प्रतियोगितामा मुम्बई इन्डियन्समाथि चेन्नई सुपर किंग्सले तीन विकेटको रोमाञ्चक जित निकालेको छ । बिहीबार राति चेन्नईले दोस्रो जित निकाल्दा मुम्बईले भने सातौँ हार बेहोरेको छ । मुम्बईले दिएको १५६ रनको लक्ष्य चेन्नईले अन्तिम बलमा भेट्टायो । पूर्वकप्तान महेन्द्रसिंह धोनीले १३ बलमा २८ रन बनाए  ।​ आम्बाती रायडुले सर्वाधिक ४० तथा रोविन उथप्पाले ३० रनको योगदान गरे । मुम्बईमा ड्यानिल सामले सर्वाधिक ४  विकेट लिए । 

    images

    यसअघि मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । उसका तिलक वर्माले सर्वाधिक ५१ रन बनाए । सूर्यकुमार यादवले ३२ रन जोडे । चेन्नेईमा मुकेश चौधरीले सर्वाधिक ३ विकेट लिए । सातौँ खेलसम्म जित निकाल्न नसकेको मुम्बई तालिकाको पुछारमा छ । दोस्रो जित निकालेको चेन्नई नवौं स्थानमा छ ।


    तेस्रो आँखा
    लेखकबाट थप