• ट्रेण्डिङ्ग :
चार खेल अगावै पिएसजीलाई फ्रेन्च लिग वानको उपाधि

चार खेल अगावै पिएसजीलाई फ्रेन्च लिग वानको उपाधि


  • 7.6K
    SHARES
    • बैशाख ११, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    चार खेल अगावै पिएसजीलाई फ्रेन्च लिग वानको उपाधि

    काठमाडौं, ११ वैशाख । लिगको चार राउन्डको खेल बाँकी छँदै पेरिस सेन्ट जर्मेन (पिएसजी) १०औं पटक फ्रेन्च लिग वानको च्याम्पियन बनेको छ ।

    images

    शनिबार राति घरेलु मैदानमा लेन्ससँग १–१ गोलको बराबरीमा रोकिएपनि पिएसजी च्याम्पियन बन्न सफल भएको हो । पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलको ६८औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पिएसजीलाई सुरुआती अग्रता दिलाए ।

    त्यसअघि ५७औं मिनेटमा डान्सोले रातो कार्ड पाएपछि लेन्स १० खेलाडीमा समेटिएको थियो । ८८औं मिनेटमा कोरेन्टिन जिनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

    बराबरीमा रोकिएपनि पीएसजीलाई उपाधि जित्न १ अंक पर्याप्त बन्यो । यस बराबरीसँगै पीएसजीले ३४ खेलमा ७८ अंक जोडेको छ । अब पिएसजीले आफ्नो सबै चार खेलमा हार बेहोरेपनि च्याम्पियन बन्न रोकिनेछैन । दोस्रो स्थानमा रहेको मार्सेको ६२ अंक छ ।

    लेन्स ५४ अंक जोडेर सातौं स्थानमा रहँदा युरोपियन लिग खेल्ने सम्भावना झिनो बन्दै गएको छ । पीएसजीको यो १०औं लिग उपाधि हो । च्याम्पियन बनेसँगै पिएसजीले सर्वाधिक लिग वान जित्ने सेन्ट इटिएनसँगको कीर्तिमानलाई बराबरी गरेको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप