• ट्रेण्डिङ्ग :
टर्कीले २२७ आप्रवासीलाई अफगानिस्तान फिर्ता पठायो

टर्कीले २२७ आप्रवासीलाई अफगानिस्तान फिर्ता पठायो


  • 8.5K
    SHARES
    • बैशाख १३, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 13.1K Views

    टर्कीले २२७ आप्रवासीलाई अफगानिस्तान फिर्ता पठायो

    एजेन्सी, १३ वैशाख । अवैध रूपमा टर्की प्रवेश गरेका कम्तीमा २२७ अफगान नागरिकलाई आइतबार अफगानिस्तान फर्काइएको स्थानीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै बताएको छ।

    images

    मालत्या एयरपोर्टबाट चार्टर्ड उडानहरू पुन: शुरु भएदेखि कम्तिमा ६८१ अनियमित आप्रवासीहरूलाई अफगानिस्तान पठाइएको एरियाना न्युजले उल्लेख गरेको छ। शरणार्थीहरूका लागि युरोप जानका निम्ति टर्की एक प्रमुख ट्रान्जिट बिन्दु भनेको छ ।

    यस देशले पहिले नै ४ मिलियन शरणार्थीहरूलाई होस्ट गरेको छ । हालै आप्रवासीहरूको नयाँ आगमनलाई रोक्न आफ्नो सिमानामा नयाँ सुरक्षा उपायहरू लिइरहेको छ ।  एरियाना न्युजले रिपोर्ट गरेको छ।

    गत वर्षको अगस्टको मध्यमा तालिबानले सत्ता कब्जामा लिएपछि अफगानिस्तानले निमरोज प्रान्त र टर्की हुँदै इरानजस्ता छिमेकी देशहरूमा अफगानीहरूको ठूलो संख्यामा पलायन मात्र  भएको छैन सँगै जटिल समस्या पनि निम्तिएका छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप