• ट्रेण्डिङ्ग :
सार्वजनीक पदमा रहेकाे भन्दै एमालेबाट विराटनगर उपप्रमुख उम्मेदवार कार्कीमाथि उजुरी

सार्वजनीक पदमा रहेकाे भन्दै एमालेबाट विराटनगर उपप्रमुख उम्मेदवार कार्कीमाथि उजुरी


  • 12.1K
    SHARES
    • बैशाख १४, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 18.6K Views

    सार्वजनीक  पदमा रहेकाे भन्दै एमालेबाट  विराटनगर उपप्रमुख उम्मेदवार कार्कीमाथि उजुरी

    काठमाडाैं,१४ वैशाख । नेकपा एमालेकी शिल्पा निराला कार्कीले कोसी अस्पताल सञ्चालक समिति सदस्य पदबाट राजीनामा दएिकी छन्। उनले  नदिई विराटनगर महानगर उपप्रमुखमा उम्मेदवारी दिएको उजुरी परेपछि  मंगलबार राजीनामा दिएकी हुन ।।  सत्तारूढ गठबन्धनका उपप्रमुख उम्मेदवार अमरेन्द्र यादवले उजुरी दिएको थाहा पाएपछि उनले अस्पतालमा राजीनामा बुझाएकी हुन्।

    images

    कार्कीलाई केपी ओली नेतृत्वको सरकारले अस्पतालमा नियुक्त गरेको थियो। शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७८ माघ २१ मा उनीसहितका सबै पदाधिकारीलाई हटाएको थियो। सरकारको निर्णयविरूद्ध कार्कीसहितका पदाधिकारी सर्वोच्च अदालत गएका थिए। सर्वोच्चले उनीहरूको पक्षमा फैसला सुनाएपछि कार्कीसहितका पदाधिकारी पुनःबहाली भएका थिए। 

    त्यसपछि राजीनामा नदिई उनी उम्मेदवार बनेको उजुरीमा उल्लेख छ। कार्कीले मंगलबार मात्रै राजीनामा पत्र बुझाएको कोसी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। यज्ञराज खरेलले बताए। वाहाँले बुझाउनुभएको राजीनामा पत्र तोक लगाएर दर्तासमेत नगरी राखिएको छ,’ उनले भने।  नेकपा एमालेका नेताहरूले भने फागुनमा राजीनामा दिएको भनेर दर्तामा मिलाउन दबाब दिएको कोसी अस्पतालकै एक कर्मचारीले बताए। 

    मुख्य निर्वाचन अधिकृतको कार्यालयले उजुरीमाथि छानबिन थालिएको जनाएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमराज बुढाथोकीले कार्कीसहित चार जना उम्मेदवारविरूद्ध उजुरी परेको बताएका छन्। नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्तिले उम्मेदवारी दिन नपाउने कानुनी व्यवस्था छ।


    तेस्रो आँखा