काठमाडाैं,१४ वैशाख । धनकुटाको पाख्रीबास नगरपालिका मेयर बृषबहादुर राईले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् । नगरप्रमुख राईले फेसबुक स्ट्याटस लेख्दै पार्टी परित्याग गरेको घाेषणा गरेका हुन् ।२०७४ सालको स्थानीय तह निर्वाचनमा राईको नेतृत्वमा एमालेले क्लिन स्वीप अर्थात सबै ५२ सिट नै जितेको थियो ।
