• ट्रेण्डिङ्ग :
स्थानीय तह निर्वाचन
प्रमुख/उपप्रमुखमा करिव ७ हजार ५ सय स्वतन्त्र उम्मेदवार

प्रमुख/उपप्रमुखमा करिव ७ हजार ५ सय स्वतन्त्र उम्मेदवार


  • 8.3K
    SHARES
    • बैशाख १४, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 12.8K Views

    प्रमुख/उपप्रमुखमा करिव ७ हजार ५ सय स्वतन्त्र उम्मेदवार

    काठामडाैं,१४ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि डेढ लाखभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । जसमा राजनीतिक दलका भन्दा स्वातन्त्र उम्मेदवार धेरै छन् । स्वतन्त्रबाट प्रमुख पदमा एक हजार तीन सय ७६ र अध्यक्ष पदमा एक हजार २४ जनाको उम्मेदवारी परेको आयोगले तयार गरेको तथ्यांकमा उल्लेख छ  ।

    images

    यस्तै अन्यबाट प्रमुख पदमा एक हजार दुई सय ९१, अध्यक्षमा एक हजार दुई सय ३५, उपप्रमुखमा एक हजार २१, उपाध्यक्षमा नौ सय १३ जनाको उम्मेदवारी दर्ता भएको छ । स्वतन्त्रबाट पाँच हजार ८१ जनाले उपप्रमुख उपाध्यक्षका लागि मनोनयन दर्ता गरेका छन् । 
    मंगलबार रातिसम्मको तथ्यांकअनुसार सात सय ५३ स्थानीय तहका करिब ३५ हजार पदका लागि एक लाख ५० हजार चार सय ९४ जनाको उम्मेदवारी परेको छ । ६ हजार सात सय ४३ वडा अध्यक्ष सहित ३५ हजार दुई सय २१ पदका लागि स्थानीय तहको निर्वाचनमा सहभागिताका लागि दर्ता भएका ७९ दल र स्वतन्त्रबाट उम्मेदवारी दर्ता भएको हो ।


    तेस्रो आँखा
    लेखकबाट थप