एसइई परीक्षामा देखिएको समस्या समाधान हुन्छ- शिक्षामन्त्री पौडेल 

एसइई परीक्षामा देखिएको समस्या समाधान हुन्छ- शिक्षामन्त्री पौडेल 


  • 7.4K
    SHARES
    • बैशाख १४, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 11.4K Views

    एसइई परीक्षामा देखिएको समस्या समाधान हुन्छ- शिक्षामन्त्री पौडेल 

    काठमाडौं, १४ वैशाख । शिक्षा तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माध्यामिक शिक्षा परीक्षा (एसइई) मा देखिएका समस्या छलफलबाट समाधान गर्दै जाने बताएका छन् । लक्ष्मी मावि लङ्कु, चितवनमा सञ्चालित एसइई परीक्षा निरीक्षणपछि आज पत्रकारहरुसँग कुराकानी गर्दै पौडेलले एसइई परीक्षामा सामान्य केही समस्या देखिएको बताए । 

    images

     उनले भने, “केही प्रश्नपत्रहरुमा शिक्षकहरुको समेत गुनासो आएको छ । यसलाई हामी समीक्षा गर्छौं ।” देशैभर एसइई शान्त रुपमा भइरहेको उनले जानकारी दिए । उनले भने, “विद्यार्थीले राम्रै परिणाम ल्याउँछन् ।” कोभिडका कारणले परेको असरलाई शिक्षण तलमाथि नहुने गरी सम्पूर्ण प्रक्रिया अघि बढाएको उनको भनाइ थियो । अर्को प्रसङ्गमा बोल्दै उनले चितवनमा निर्माण हुने भनिएको शिक्षक अस्पतालको काम प्रभावकारी तवरले अघि बढेको बताए । कानुनी प्रक्रिया, जग्गा प्राप्ति बजेटको सुनिश्चितता लगायतको काम भइसकेको उनको भनाइ थियो ।


    तेस्रो आँखा
    लेखकबाट थप