• ट्रेण्डिङ्ग :
सिटीसँग रियाल पारजित

सिटीसँग रियाल पारजित


  • 6.0K
    SHARES
    • बैशाख १४, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    सिटीसँग रियाल पारजित

    काठमाडौं, १४ वैशाख । म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको सेमिफाइनल पहिलो लेगमा रियाल मड्रिडमाथि ४-३ को रोमाञ्चक जित निकालेको छ ।

    images

    घरेलु मैदान इत्तिहाद रंगशालामा केभिन डि ब्रुयना र ग्याब्रियल जिजसको समान एक गोलमा पेप ग्वार्डिओलाको टोलीले सुरुआती ११ मिनेट भित्रै २-० का अग्रता लिएको थियो । स्पेनिस ला लिगको उपाधिको संघारमा रहेको रियालले करिम बेन्जेमा र भिनिसियोस जुनियरको गोलमा खेलमा फर्कने संकेत गरेको थियो ।  फिल फोडिनले सिटीका लागि तेस्रो गोल गरे । बर्नाडो सिल्भाको गोलमा सिटीले अफ्नो अग्रता ४-२ मा   पुर्याएका थिए ।

    खेलको अन्तिम मिनेटमा करिम बेन्जमाको पेनाल्टी गोलमा रियालले खेलमा फर्कने प्रयास गरे पनि त्यो पर्याप्त भएन । यी दुई टोलीबीचको दोस्रो लेग आगामी साता रियालको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुनेछ । दोस्रो मिनेटमै डि ब्रुयनाले  महारेजको क्रसमा जाली चुमाउँदा सिटीले अग्रता लियो । त्यसको नौ मिनेटपछि डि ब्रुयनाको क्रसमा जिजसले सिटीको अग्रता दोब्बर पारेका थिए ।

    ३३औं मिनेटमा बेन्जेमाको गोलमा रियालले खेलमा फर्कने संकेत गरेको थियो । ५३औं मिनेटमा फोडिनले सिटीको अग्रता ३-१ मा पुर्याए । त्यसको दुई मिनेट पछि नै जुनियरले रियाललाई ३-२ को स्थितीमा ल्याएका थिए । ७४औं मिनेटमा सिल्भाले सिटीका लागि चौथो गोल गरे । ८२औं मिनेटमा बेन्जेमाको पेनाल्टी गोलमा रियालले खेलमा फर्कने संकेत गरे पनि त्यो पर्याप्त भएन ।


    तेस्रो आँखा
    लेखकबाट थप