• ट्रेण्डिङ्ग :
भियारियालमाथि लिभरपुलकाे सहज जित

भियारियालमाथि लिभरपुलकाे सहज जित


  • 7.9K
    SHARES
    • बैशाख १५, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 12.1K Views

    भियारियालमाथि लिभरपुलकाे सहज जित

    काठमाडौं, १५ वैशाख । घरेलु मैदान एन्फिल्डमा भियारियाललाई २–० ले पराजित गर्दै लिभरपुलले युरोपियन च्याम्पियन्स लिगमा फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

    images

    बुधबार राति भएको खेल लिभरपुललाई जित दिलाउन साडियो मानेले एक गोल गर्दा लिभरपुलले अर्को गोल भने आत्मघाती उपहार पाएको थियो । लिभरपुललाई पहिलो हाफमा रोक्न सफल भियारियाल ५३औं मिनेटमा पछि परेको थियो । पेर्भिस एस्तोपिनानबाट आत्मघाती गोल भएपछि लिभरपुलले अग्रता बनाएको थियो । यस्तै, त्यसको दुई मिनेटपछि मानेले मोहम्मद सलाहको पासमा गोल गर्दै २–० को जित पक्का गरेका थिए ।

    भियारियालविरुद्धको गोलसँगै मानेले यसअघि डिडियर ड्रोग्बाको नाममा रहेको कीर्तिमानसँग बराबरी गरेका छन् । मानेले च्याम्पियन्स लिगको नकआउट चरणमा उच्च गोल गर्ने अफ्रिकी खेलाडीको कीर्तिमानमा ड्रोग्बासँग बराबरी गरेका हुन् । दुबैले समान १४ गोल गरेका छन् । यी दुईबीचको दोस्रो लेग मे चारमा हुनेछ । यसअघि मंगलबार राति भएको पहिलो सेमिफाइलनको पहिलो लेगमा म्यानचेस्टर सिटीले रियाल मड्रिडलाई ४–३ ले पराजित गरेको थियो ।


    तेस्रो आँखा
    लेखकबाट थप