काठमाडाैं,१५ वैशाख । नेकपा एमालेबाट स्थानीय तह निर्वाचन २०७९ का लागि चिशंखुगढी गाउपालिका अध्यक्षको उम्मेदवार बनेका अशोक कुमार थापा ठगि प्रमाणित भएकाे फेला परेकाे छ । चिशंखुगढी गाउँपालिकाका एक स्थानीयले ठगिको आरोप प्रमाणित भएका थापा उम्मेदवार हुन अयोग्य भएको भन्दै निर्वाचन अधिकृतको कार्यालय ओखलढुंगामा उजुरी गरेका छन । आफू त्यही भुगोलको मतदाता भएकाले सम्मानित अदालत बाट ठगिको प्रमाणित भएका व्यक्ति जनताका प्रतिनिधि हुन सक्दैनन भनेर इमेल मार्फत उजुरी गरेको उनले बताए ।
एमालेले टिकट दिएर गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका थापालाई जिल्ला अदालत काठमाडौंले ठगिको गरेको प्रमाणित गर्दै ६ महिना कैद र ७ लाख २५ हजार आठ सय रुपौँया जरीवना तोकेको थियो । न्यायाधीश टिकाराम आचार्यको इजालसबाट २०७३–१२–१३ मा अदालतले ठगि मुद्धामा उक्त फैसला सुनाएको थियो ।
उनले पेप्सी मोवाइल ड्र बेलायतबाट ५ लाख पाउण्ड पुरस्कार परेको भनेर पोखराकी एक महिलालाई बेलायतकै नम्बरबाट एसएमएस गरेर पैसा बैंकमा जम्मा गर्न लगाएका थिए । थापाले एसएमएस गरेकी पीडित महिलाले सुर्यज्योती इन्भेष्टमेन्ट प्रा. लि.को नेपाल एस.बि.आइ बैंक, बौद्ध शाखाको खातामा ७ लाख २५ हजार जम्मा गरेकी थिइन् । पैसा जम्मा गरेपछि सम्मर्कविहीन बनेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरी ठगी अपराध अन्तर्गत मुद्धा चलाएको थियो । त्यसवेला उनी थापा डाक्टर बाबुराम भट्टराईले नेतृत्व गरिरहेको नयाँ शक्तिका केन्द्रीय सदस्य थिए ।
निर्वाचन कानूनमा उम्मेदवारको योग्यता नपुग्ने विषयमा अदालतबाट पाएको सजाय भुक्तान नभएका, बैंकको ऋण नतिरेकाहरु पर्छन । त्यस्ता उम्मेदवारलाई आयोगले कालोसूचीमा राखेको छ । थापाले अदालतको फैसला अनुसारको सजाए भुक्तान गरेका छैनन् । उक्त मुद्धामा अदालतले आगामी जेठ ४ पेशी तोकेको बताइएको छ ।
प्रदेशसभा क का सांसद अमिरबाबु गुरुङ को प्रेसरमा प्रदेश कमिटिले जीवन थापाको नाम कटाएर उनको नाममा टिकट पठाएको भन्दै एमालेभित्रै नेता कार्यकर्ताले असन्तुष्टी जनाएको छ । दावी विरोधका सन्दर्भमा चिशंखुगढी गाउपालिकाकी निर्वाचन अधिकृत एवं सरकारी वकिल कार्यालय ओखलढुंगाका जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले सम्बन्धीत पदका उम्मेदवारले समयमै दावी विरोध गर्नु पर्ने व्यवस्था भएकाले दावी विरोधकाे समयावधिमा कसैको उजुरी नआएको बताइन ।
