• ट्रेण्डिङ्ग :
क्वाड नेताहरुको शिखर सम्मेलन मे २४ मा हुने

क्वाड नेताहरुको शिखर सम्मेलन मे २४ मा हुने


  • 5.8K
    SHARES
    • बैशाख १५, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    क्वाड नेताहरुको शिखर सम्मेलन मे २४ मा हुने

    एजेन्सी, १५ वैशाख । चतुर्भुज सुरक्षा संवाद (क्वाड) राष्ट्रहरू ( संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, जापान र भारतका नेताहरूको शिखर सम्मेलन मे २४ मा टोकियोमा हुँदैछ। अमेरिकी राष्ट्रपति  जो बाइडेनले मे २२/२४ मा जापानको भ्रमण गर्नेछन् ।

    images

    सोही सन्दर्भमा उनले मे २३ मा 'जापानीे प्रधानमन्त्री 'फुमियोे किशिदालाई भेट्नेछन् र क्वाड राष्ट्रका नेताहरूको शिखर सम्मेलनमा भाग लिनेछन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले मे २०/२४ मा दक्षिण कोरिया र जापानको भ्रमण गर्नेछन् जसले अमेरिका र दुई राष्ट्रहरूबीचको सहयोगलाई बढावा दिने  ह्वाइट हाउसले बुधबार घोषणा गरेको छ।

    टोकियोमा बाइडेनले अष्ट्रेलिया, जापान, भारत र संयुक्त राज्य अमेरिकाका क्वाड समूहका नेताहरूसँग पनि भेट गर्नेछन् । यस भ्रमणबारेमा छिट्टै थप विवरणहरू सार्वजनिक गर्ने ह्वाइट हाउसले जनाएको छ । 

     

     

     

     

     

     

     


    तेस्रो आँखा