• ट्रेण्डिङ्ग :
हुम्लामा एक म्यादी प्रहरीको मृत्यु

हुम्लामा एक म्यादी प्रहरीको मृत्यु


  • 7.3K
    SHARES
    • बैशाख १६, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.3K Views

    हुम्लामा एक म्यादी प्रहरीको मृत्यु

    काठमाडौं, १६ वैशाख । हुम्ला सदरमुकाम सिमकोटमा एक म्यादी प्रहरीको मृत्यु भएको छ । सिमकोटको माथिल्लो बजारमा साथीको डेरामा बस्दै आएका सर्केगाड गाउँपालिका–६ का ४५ वर्षिय जसबहादुर रोकायाको मृत्यु भएको हो । 

    images

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाका अनुसार कोठामा झ्याल ढोका सबै बन्द गरेर सुतेका रोकाया बिहीबार मृत अवस्थामा भेटिएका थिए । मृत्युको कारण खुल्न सकेको छैन । घट्नाबारे प्रहरीले अनुसन्धान थालेको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप